अस्पतालबाट हतकडीसहित फरार भए थुनुवा

अहिले फरार थुनुवाको खोजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायब उपरिक्षक जोशीले बताए।

अस्पतालबाट हतकडीसहित फरार भए थुनुवा

धनगढी। कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन्। इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय फरार भएका हुन्।

१८ जेठमा उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएकोमा फर्कने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पाण्डेयसहित प्रकाश शाह १४ जेठमा लागूऔषधको मुद्दामा पक्राउ परेका थिए। त्यसपछि दुवैजनालाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा लगिएको थियो।

झाडापखालाको उपचारपछि अस्पतालबाट फर्कने बेला पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

अहिले फरार थुनुवाको खोजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायब उपरिक्षक जोशीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved