कैदीबन्दीलाई फुटबल प्रशिक्षण दिइने

नेपालभ्युज

कैदीबन्दीलाई फुटबल प्रशिक्षण दिइने

काठमाडौं। एशियाली फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) को संयुक्त आयोजनामा सेल्टर नेपाल नामक संस्थाले केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीहरूलाई फुटबल प्रशिक्षण दिने भएको छ।

एएफसी र एन्फासँगको सहकार्य तथा सहयोगमा सेल्टर नेपालले कैदीबन्दीहरूको लागि खेलाडी, प्रशिक्षक तथा रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको बुधबार एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

जेलभित्र रहेका कैदीबन्दीहरूको मानसिक स्वास्थ्यमा सहयोगका साथै उनीहरूमा आत्मविश्वास जगाउने उद्देश्य अनुरूप यो कार्यक्रम गर्न लागिएको हो। कैदीबन्दीले जेल सजाय भुक्तान गरेपछि पुनः गलत बाटो जानबाट रोक्न र उनीहरूमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्य कार्यक्रमको रहेको छ।

साथै कैदीबन्दीले जेल सजाय काटेर बाहिर आइसकेपछि उनीहरूलाई रोजगारीको माध्यम पनि सिर्जना गर्ने कार्यक्रमको उद्देश्य सेल्टर नेपालले जनाएको छ। प्रशिक्षण कार्यक्रम आगामी ५ जुनदेखि शुरु हुनेछ।

एक वर्षभित्र कुल ४८ खेलाडी तथा समान ३२ जना प्रशिक्षक र रेफ्रीलाई प्रशिक्षण दिने लक्ष्य कार्यक्रमको छ। प्रशिक्षणपछि रेफ्रीलाई क्याटोगरी ४ एन्फा रेफ्री प्रमाण पत्र फुटबल प्रशिक्षकलाई डी लाइसेन्स, र खेलाडीलाई सहभागी प्रमाणपत्र प्रदान गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved