नेपाल टी–ट्वान्टी लिगको टिम खरिदका लागि टेण्डर आह्वान

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी–ट्वान्टी लिगका प्रस्तावित टिम खरिदका लागि टेण्डर आह्वान गरेको छ।

नेपालभ्युज

नेपाल टी–ट्वान्टी लिगको टिम खरिदका लागि टेण्डर आह्वान

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी–ट्वान्टी लिगका प्रस्तावित टिम खरिदका लागि टेण्डर आह्वान गरेको छ।

इच्छुक संस्थालाई प्रस्तावित ६ टिम खरिद तथा सञ्चालनका लागि क्यानले एक सूचना निकालेर टेण्डर आह्वान गरेको हो। २८ जेठसम्म टेण्डर हाल्न सकिने क्यानले जनाएको छ।

क्यानले पहिलो पटक आफैले आधिकारिक फ्रेञ्चाइज लिग आयोजना गर्न लागेको हो। यस लिगमा समावेश गरिने ६ टिमको घोषण क्यानको मंगलबार सम्पन्न बोर्ड बैठकले गरिसकेको छ। टी–ट्वान्टी लिग खेल्ने टिमहरु विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी/भैरहवा रहेका छन्।

क्यानले टी–ट्वान्टी लिगका लागि रणनीतिक र व्यवसायिक पार्टनरका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको छ। त्यसैले यो टिम खरिदको प्रक्रिया पनि सबै यसै कम्पनीमार्फत नै हुनेछ।

क्यानले आफ्नै आधिकारिक लिग सञ्चालनसँगै अन्य चलिरहेका फ्रेञ्चाइज लिगहरूलाई राष्ट्रिय स्तरमा मान्यता नदिने भएपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आयोजक र टिमका प्रायोजकहरुले भने क्यानविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved