बर्दिबास नगर प्रमुखले आफू चढ्ने गाडी ‘एम्बुलेन्स’ बनाए

सुत्केरी भत्तामा नगरले पैसा थपिदिने, विपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा पनि

नेपालभ्युज

बर्दिबास नगर प्रमुखले आफू चढ्ने गाडी ‘एम्बुलेन्स’ बनाए

जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्रबाट निर्वाचित भएर पदभार ग्रहण गरेका प्रह्लाद क्षत्रीले निवर्तमान प्रमुख चढ्ने सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्ने , सुत्केरी भत्तामा नगरको तर्फबाट थप रकम दिइने र विपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने पहिलो निर्णय गरेका छन्।

बर्दिबास नगरपालिका प्रमुखमा निर्वाचित हुनु अगावै प्रमुख क्षत्रीले जितेपछि नगरपालिकाबाट कुनै सवारी सुविधा नलिने घोषणा गरेका थिए र उनले उक्त घोषणालाई निरन्तरता दिने बताए।

बर्दिवास नगरपालिकाभित्र बसोबास गर्ने आमा र बच्चा दुवैको स्वास्थ्यलाई मध्येनजर गरी अझै प्रभावकारी बनाउन नगरपालिकाबाट थप एक हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख क्षत्रीले जनाए।

स्थानीय स्वास्थ्य संस्थामा प्रसुती गराउन नसकी थप उपचारका लागि अन्यत्र पठाउनुपर्ने भएमा रिफर गरिएको स्वास्थ्य संस्थासम्म जान निःशुल्क एम्बुलेन्स सेवा उपलब्घ गराउने र वडाबाट सिफारिस भएर आएको गरिव र विपन्न नगर क्षेत्रभित्रका नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाउने निर्णय गरिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved