पार्टीभित्रको अन्तर्घातले सोचेअनुसार नतिजा आएन : ओली

कांग्रेस-माओवादीमा भन्दा एमालेमा बढी अन्तरघात भएको जिकिर

नेकपा (एमाले) ले पार्टीभित्रकै अन्तरघातका कारण स्थानीय निर्वाचनमा सन्तोषजनक नतिजा नआएको निष्कर्ष निकालेको छ।

नेपालभ्युज

पार्टीभित्रको अन्तर्घातले सोचेअनुसार नतिजा आएन : ओली

काठमाडौं। नेकपा (एमाले) ले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय निर्वाचनमा सन्तोषजनक नतिजा नआएको निष्कर्ष निकालेको छ।

बुधबार बानेश्वरस्थित संघीय संसद्‌ भवनमा बसेको पार्टीको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अन्तर्घात हुँदा स्थानीय निर्वाचनमा सोचेअनुरुप नतिजा नआएको भन्दै यसबारे गम्भीर समीक्षा हुनुपर्ने बताए।

‘‘याे पटककाे निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा एमालेमा अन्तर्घात बढी भयाे,’’ उनले बैठकमा भनेका छन्, ‘‘पार्टीभित्रै भएकाे याे अन्तर्घातकाे गम्भीर समीक्षा गर्न जरुरी छ।’’

बैठकमा ओलीले मंगलबार सदनमा सरकारले पेस गरेको नीति कार्यक्रम वास्तकिताभन्दा सतही भएको टिप्पणी गरे। उनले तर्कयुक्त तरिकाले यसको चिरफार गर्न एमाले सांसदहरूलाई निर्देशन समेत दिएका छन्।

ओलीले सरकारको कार्यक्रम नीतिमा आधारित भन्दा पनि कार्यक्रममा आधारित जस्तो देखिएको बताएकाे बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठकमा उनले पार्टीको जनमत घटेको नभइ बढेको दाबीसमेत गरे। स्थानीय तहको निर्वाचनमा गठबन्धनको ठूलो घेराबन्दीका बाबजुद आएको परिणाम सन्तोषजनक भएपनि थप संगठित भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने ओलीले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved