तुलसीपुरमा एमाले जित नजिक, कांग्रेस ९६२ मतले पछाडि

दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले जित नजिक पुगेको छ।

नेपालभ्युज

तुलसीपुरमा एमाले जित नजिक, कांग्रेस ९६२ मतले पछाडि

काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले जित नजिक पुगेको छ।

बिहान १० बजेर २० मिनेटसम्म ३७ हजार ८५२ मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार टीकाराम खड्काले ९६२ मतले अग्रता बनाइरहेका छन्। उनले १५ हजार ९१७ मत पाएका छन् भने उनलाई पछ्याइरहेका गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ९५५ मत पाएका छन्।

उपमेयरमा पनि एमालेले फराकिलो अग्रता बनाएको छ। उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याउँदा उनलाई पछ्याइरहेका गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले ११ हजार ७४ मत पाएका छन्।

एमालेले घोराही उपमहानगर पनि जितिसकेको छ। तुलसीपुरमा कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत पाँच दलले गठबन्धन गरेका थिए भने एमाले एक्लै निर्वाचनमा हाेमिएकाे थियाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved