मतदानकेन्द्रबाटै मतपेटिका लुटपाट गर्ने एक व्यक्ति पक्राउ

नेपालभ्युज

मतदानकेन्द्रबाटै मतपेटिका लुटपाट गर्ने एक व्यक्ति पक्राउ

रौतहट। रौतहटको यमुनामाई गाउँपालिका–२ भेडीयाही गाउँको मतदान केन्द्रको मतपेटिका लुट्ने एक जनालाई प्रहरील पक्राउ गरेको छ। मतपेटिका लुटेको आरोपमा यमुनामाई २ का ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरी अनसन्धान अघि बढाएको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

गत ३० वैशाखमा यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएपछि केही व्यक्तिले मतपेटिका नै लिएर भागेका थिए।

उक्त मतपेटिका पछि प्रहरीले फिर्ता ल्याएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved