गगन थापाको निर्वाचन क्षेत्रमा परिणाम आएका १० ओटै वडामा कांग्रेस पराजित

बूढानीलकण्ठ नगरपालिकाका १२ वडामध्ये १० ओटा वडाको परिमाण आउँदा सबैमा एमालेले जितेको छ।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ मा हालसम्म परिणाम आएका १० वडामा कांग्रेस क्लीन स्वीप भएको छ। २०७४ संसदीय निर्वाचनमा कांग्रेसका थापाले जितेको क्षेत्र नम्बर ४ अन्तर्गतका वडाहरूमा एमालेले जितेको हो।

१२ वडामध्ये १० वडाको परिमाण आउँदा सबैमा एमालेले जितेको छ। बाँकी २ ओटा वडामा भने गणना जारी छ। काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिकाका ८ ओटा वडा र काठमाडौं महानगरपालिकाका ४ ओटा वडा पर्दछन्। बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौंका १, ७, ८ र ३० वडा पर्छ।

बूढानीलकण्ठ १ मा एमालेका सुरेन्द्र लामाले कांंग्रेस उम्मेदवारलाई दोब्बर मतले पराजित गरे। २ मा एमालेकै राजेन्द्र श्रेष्ठ ११६० मतले जिते। वडा नम्बर ८ मा एमालेकै सुमन तामाङ, ९ मा सुमित्रा त्रिपाठी र १० मा नवराज भट्टराई निर्वाचित भए। ११ नम्बर वडामा राजु अधिकारी, १२ मा शम्भु भट्टराई र १३ मा टीकानारायण श्रेष्ठले जितेका हुन्।

यता काठमाडौं महानगरपालिकाको सार्वजनिक परिणाममध्ये वडानम्बर १, २ मा एमालेले जितेको छ। वडा नम्बर ७ को गणना जारी छ। जसमा कांग्रेसका विमल होडाले अग्रता कायम गरेका छ। ३० नम्बर वडामा एमालेका उम्मेदवार कृष्णभक्त खड्गीभन्दा कांग्रेसका उम्मेदवार दलबहादुर कार्की अघि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved