पुलिस क्लबले सिक्किममा क्रिकेट खेल्दै

घरेलु क्रिकेटको एक सफल विभागीय टोली नेपाल पुलिस क्लबले भारतको सिक्किममा बिहीबारदेखि शुरु हुने तेस्रो संस्करणको कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट लिग खेल्ने भएको छ।

नेपालभ्युज

पुलिस क्लबले सिक्किममा क्रिकेट खेल्दै

काठमाडौं। घरेलु क्रिकेटको एक सफल विभागीय टोली नेपाल पुलिस क्लबले भारतको सिक्किममा बिहीबारदेखि शुरु हुने तेस्रो संस्करणको कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट लिग खेल्ने भएको छ। दुई आमन्त्रिण टोलीमा नेपालबाट पुलिस र कोलबाताबाट राजस्थान क्लब खेल्नेछन्।

सक्किम क्रिकेट बोर्डले आयोजना गर्ने उक्त प्रतियोगितामा रणजी ट्रफी खेलेका अनुभवी खेलाडी पनि खेल्नेछन्। पुलिसले दोस्रो पटक यस प्रतियोगिता खेलेको हो । पुलिसले गत वर्ष अपराजित रहँदै फर्किएको थियो। आमन्त्रिण टोली हुँदा सेमिफाइनल र फाइनल भने खेल्न पाउने छैन।

पुलिस समूह ए मा छ। पुलिसको समूहमा स्थानीय एचआरसीसी नाम्ची, रोयल नर्थ ब्रोर्दश, अलपाइनल स्र्पोटिङ क्लब, युक्सम क्यापिटल्स छन्। पुलिसले आजनै एचआरसीसीसँग खेल्दै सुरुवात गर्नेछ । पुलिसको टोलीमा अनिल कुमार शाह, योगेन्द्रसिंह कार्की, राशिद खान, प्रेम तामाङ, प्रतिश जि.सी र शंकर राना लगायतका खेलाडी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved