रोल्पाको थबाङमा कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्र विजयी

थबाङको ४ नम्बर वडामा भने नेकपा एमालेले जित हासिल गर्यो। एमालेका हिक्मत घर्तीमगर वडाध्यक्षमा निर्वाचित भए।

नेपालभ्युज

रोल्पाको थबाङमा कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्र विजयी

रोल्पा। नेकपा माओवादी केन्द्रका उम्मेदवारले रोल्पाको थबाङ गाउँपालिकामा जित हासिल गरेका छन्। स्वतन्त्र उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्रले जित हासिल गरेको हो।

अध्यक्षमा विजयी माओवादी केन्द्रका ऋषिकेशव बुढामगरले २ हजार १२२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी रहेका स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरले १ हजार ५०५ मत पाए।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शर्मिला बुढामगर विजयी भएकी छन्। बुढामगरले २ हजार १२२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७ मत पाए।

पाँच वडा रहेको थबाङमा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए।

वडाहरुमा पनि ४ नम्बरबाहेक सबै माओवादी केन्द्रले जितेको छ। १ मा हिराप्रसाद बुढामगर, २ मा अभिलाशा रोकामगर, ३ मा जनक बुढामगर र ५ मा गोवर्द्धन घर्तीमगर विजयी भए।

थबाङको ४ नम्बर वडामा भने नेकपा एमालेले जित हासिल गर्यो। एमालेका हिक्मत घर्तीमगर वडाध्यक्षमा निर्वाचित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved