सर्लाहीको बरहथवामा वडाध्यक्षको दुई समूहबीच झडप, एक जना घाइते

नेपालभ्युज

सर्लाहीको बरहथवामा वडाध्यक्षको दुई समूहबीच झडप, एक जना घाइते

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर १७ पररिया टोल स्थित अधारभूत विद्यालयको मतदान केन्द्रमा वडाध्यक्षका दुई उम्मेदवारबीच झडप भएको छ।

जसपाका अध्यक्षका उम्मेदवार राम विश्वास राय र नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उमेदवार वीरेन्द्र रायबीच झडप भएको हो।

दुई समूहबीच झडप हुँदा माओवादी केन्द्रका वडाध्यक्ष उमेदवार रायसहित ५ जना कार्यकर्ता र केही महिला मतदातासमेत घाइते भएका छन्।

१८५ मतभन्दा कम खसेकाले निर्वाचन रद्द गरी पाऊँ भनी नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उमेदवारहरूले निवेदनसहित निर्वाचन अधिकृतसमक्ष पेस गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved