मुम्बईविरुद्ध चेन्नई ९७ रनमै अलआउट

नेपालभ्युज

मुम्बईविरुद्ध चेन्नई ९७ रनमै अलआउट

काठमाडौं। मुम्बई इन्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले झिनो लक्ष्य दिएको छ।

आईपीएलअन्तर्गत मुम्बईको वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको चेन्नईले पूरै विकेट गुमाएर १६ ओभरमा मात्र ९७ रन बनाउन सक्यो। यो चेन्नईको दोस्रो सर्वाधिक कम रन स्कोर हो। यसअघि सन् २०१३ मा मुम्बईविरुद्ध मात्रै ७९ रनमा टिम आउट भएको थियो।

चेन्नईका दुई खेलाडीले आज खाता नै खोल्न सकेनन् भने रविन उथाप्पाले मात्र एक रन बनाउन सके। महेन्द्रसिंह धोनीले ३३ बलमा ३६ रन बनाउनुबाहेक अन्यले कसैले पनि १२ रन बनाउन सकेनन्।

मुम्बईका लागि ड्यानियल सामले ३ तथा रिली मेरेडिथ र कुमार कार्तिकेयले समान २/२ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved