१२ अंकले बढ्यो नेप्से

नेपालभ्युज

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक १२ अंकले वृद्धि भएको छ। यस दिन १२ दशमलव २७ अंकले बढेर नेप्से दुई हजार २६८ दशमलव ८४ अंकमा विन्दुमा बन्द भएको छ।

आज १३ मध्ये  ९ उपसमूहको शेयर उकालो लागेको छ। सोमबार सबैभन्दा बढी लघुवित्तका लगानीकर्ताले नाफा कमाएका छन्। सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तको शेयर १० अंकले बढेकोमा त्यसपछि महुली लघुवित्तको ७ दशमलव ७ दशमलव ७७ र उन्नत सहकार्य लघुवित्तको शेयर ६ दशमलव २७ अंकले बढेको छ।

यसदिन १ अर्ब ३९ करोड रुपैयाँको ३३ लाख २४ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved