नेप्सेमा झिनो सुधार, कारोबार रकम २ अर्ब ५३ करोड 

नेपालभ्युज

नेप्सेमा झिनो सुधार, कारोबार रकम २ अर्ब ५३ करोड 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा झिनो अंकको सुधार देखिएको छ । मंगलबार कतारका राष्ट्रपति शेख तमिम विन हमाद अल थानी नेपाल आएसँगै सरकारले सार्वजनिक बिदा दिएको थियो । सोही कारण सेयर बजार पनि बन्द रहेको थियो ।

बुधबार खुलेको बजार ० दशमलव १५ अंकले बढेर १९६९ दशमलव १७ को विन्दुमा पुगेको छ । आज ३१३ कम्पनीका ३६ हजार ४ सय ८३ पटकको कारोबारमा ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६० अंकले बढेर ३४८ दशमलव ५५ को विन्दुमा पुगेको छ ।
बुधबार अन्य कम्पनीहरूको सेयर कारोबार सबैभन्दा बढी भएको छ भने सबैभन्दा कम कारोबार हुने कम्पनीको समूहमा म्चुअल फन्ड रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved