सेयर बजार दोहोरो अंक बढ्यो, १९८४ अंकमा कायम

नेपालभ्युज

सेयर बजार दोहोरो अंक बढ्यो, १९८४ अंकमा कायम

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार दोहोरो अंकमा बढेको छ । आइतबार नेप्से १२.२९ अंकले नेप्से बढेको हो ।

बढेको नेप्से १९८४ अंकमा कायम भएको छ । कुल २ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको धितोपत्र बोर्डले जनाएको छ ।

कुल १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ६ को स्थिर रह्यो । समग्र बजार बढ्दा बैंकिङ समूहको सूचक भने ३.५६ अंक घटेको छ ।

विकास बैंक ४१, फाइनान्स १०, होटल तथा पर्यटन १५, हाइड्रोपावर २७, जीवन बीमा ४१, उत्पादन १२३, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ९६, अन्य १५ र ब्यापार समूह ५ अंक बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved