साताको नेप्से : परिसूचक ५१ अंकले घट्दा कारोबार रकम ७ अर्ब ३५ करोड

नेपालभ्युज

साताको नेप्से : परिसूचक ५१ अंकले घट्दा कारोबार रकम ७ अर्ब ३५ करोड

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो साताको कारोबारमा सेयर बजार सबै दिन घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २०२३ दशमलव ३५ को विन्दुबाट सामान्य अंकले घट्न सुरु गरेर कारोबारको अन्तिम दिनसम्म आइपुग्दा १९७२ दशमलव १४ को विन्दुमा पुगेको छ ।

समग्रमा यो साता नेप्से ५१ दशमलव २० अंकले घटेको छ भने कुल ७ अर्ब ३५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नयाँ वर्षको सेयर कारोबारको पहिलो साता हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार हुनेमा कर्पोरेट डिभेन्चर समूह रहेको छ ।

नयाँ वर्ष २०८१ सालको कारोबार हुने पहिलो दिनमा नेप्से परिसूचक २ दशमलव ३५ अंकले घटेर २०२३ दशमलव ३५ को विन्दुमा पुगेको थियो ।

आइतबार ३२० कम्पनीका ५९ हजार ०४२ पटकको कारोबारमा ७७ लाख ९५ हजार ०३३ कित्ता सेयर खरिद बिक्री भएको थियो । जसमा कारोबार रकम भने ३ अर्ब ६३ करोड ७७ लाख २ हजार ६ सय ५२ रुपैयाँ रहेको थियो ।

साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १६ दशमलव ८२ अंकले घटेर २००६ दशमलव ५२ को विन्दुमा पुगेको थियो । सोमबार ३१४ कम्पनीका ५० हजार ५ सय २४ पटकको कारोबारमा कारोबार रकम भने २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ रहेको थियो ।

साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १९९१ दशमलव ७१ को विन्दुमा झरेको थियो । मंगलबार ३१२ कम्पनीका ३९ हजार ४ सय ७६ पटकको कारोबारमा ५४ लाख ७१ हजार ०६८ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम भने २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ रहेको थियो ।

साताको कारोबारको चौथो दिन अर्थात् बुधबार भने राम नवमीको अवसरमा सार्वजनिक बिदा रहेकाले सेयर कारोबार हुन सकेन । त्यस्तै, साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १९ दशमलव ५६ अंकले घटेर १९७२ दशमलव १४ को विन्दुमा पुगेर बन्द भएको छ ।

आज ३१५ कम्पनीका ४० हजार ९ सय १२ पटकको कारोबारमा ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ९३ करोड ६१ लाख २ हजार ७ सय ९२ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved