दोहोरो अंकले घट्यो नेप्से, परिसूचक १९ सयको विन्दुमा  

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से, परिसूचक १९ सयको विन्दुमा  

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १९९१ दशमलव ७१ को विन्दुमा झरेको छ ।

मंगलबार ३१२ कम्पनीका ३९ हजार ४ सय ७६ पटकको कारोबारमा ५४ लाख ७१ हजार ०६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २६ अंकले घटेर ३५३ दशमलव ५१ को विन्दुमा पुगेको छ ।

मंगलबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चर कम्पनीहरूको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved