ओलीलाई पररास्त गर्न गठबन्धन बनेको हो : पूर्णबहादुर खड्का

नेपालभ्युज

ओलीलाई पररास्त गर्न गठबन्धन बनेको हो : पूर्णबहादुर खड्का

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान बचाउनका लागि गठबन्धन गरिएको बताएका छन्।

वीरेन्द्रनगरको पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अंहकार पररास्त गरी संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको दाबी गरे। सभामा उनले भने, ‘‘ओलीको अहंकार, एमालेको प्रतिगमनकारी, गणतन्त्रविरोधी क्रियाकलापलाई परास्त गरी संविधान बचाउन गठबन्धन गरेका हौँ।’’

उनले केपी शर्मा ओलीको दम्भका कारण पटकपटक संसद विघटन गरिएको जिकिर गरे। शान्ति प्रकृयाका बाँकी काम पूरा गर्नका लागि पनि गठबन्धन आवश्यक रहेको उनकाे भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved