प्रिमियर लिग फुटबल : आर्सनल विजयी

जितसँगै आर्सनल ३५ खेलमा ६६ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ।

नेपालभ्युज

प्रिमियर लिग फुटबल : आर्सनल विजयी

काठमाडौं। एडी एनकेटियाको दुई गोलको मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ।

गएराति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई २–१ गोल अन्तरले हराएको हो। आर्सनलको जितमा दुवै गोल एनकेटियाले गरे।

खेलको पाँचौँ मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई शुरुआती अग्रता दिलाए। उनले दशौँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाए।

खेलको २७ औँ मिनेटमा लुक एलिङले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटियो। खेलको ६६ औँ मिनेटमा लिड्सका लागि डिएगो लोरेन्टले गोल गरे पनि आर्सनल २–१ ले विजयी भयो।

जितसँगै आर्सनल ३५ खेलमा ६६ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ। लिड्स ३४ अंक जोडेर १८ औं स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved