कैलाली पुगेर ओलीले भने : हजारौँ मान्छे मार्ने बाहिर छन्, निर्दोष रेशम जेलमा

कैलाली पुगेर ओलीले भने : हजारौँ मान्छे मार्ने बाहिर छन्, निर्दोष रेशम जेलमा

धनगढी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीको गृहजिल्ला कैलाली पुगेर रेशम निर्दोष भएको बताएका छन्। बिहिबार कैलालीको बर्दगोरियामा आयोजित सभामा ओलीले थारु समुदायका निर्दोष नेताहरू जेलमा रहेको बताए।

उनले भने, ‘‘मलाई थाहा छ यहाँका थारु नेताहरू जेलमा छन्, हजार मान्छे मार्ने बाहिरै छन्। तर निर्दोष रेशम चौधरी जेलमा छन्।’’

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै हजारौँ मान्छे मार्ने बाहिर रहेको र निर्दोष रेशम चौधरी जेलमा बस्नु परेको कटाक्ष गरेका हुन्।

रेशम जेलमा हुनु चौधरी समुदायमाथि नै अन्याय भएको टिप्पणी उनले गरे। गृहमन्त्रीको नेतृत्वमा रेशम चौधरीको मुद्दा समाधानका लागि प्रयास भइरहेको बेला एमालेको सरकार ढालिएको टिप्पणी उनले गरे।

मा‌ओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि केही दिनअघि मात्रै बर्दगोरियामै पुरेको रेशम निर्दोष रहेको र उक्त घटना समाधान गर्न सरकारसँग त्यसको भोलिपल्टै सरकारसँग गम्भीर छलफल गर्ने आश्वासन दिएका थिए।

कैलाली पुगेर प्रचण्डले भने – रेशम चौधरी निर्दोष छन्, भोलि नै सरकारसँग ‘सिरियस’ कुरा गर्छु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved