कैलाली पुगेर प्रचण्डले भने – रेशम चौधरी निर्दोष छन्, भोलि नै सरकारसँग ‘सिरियस’ कुरा गर्छु

बुधबार मात्रै आफ्नो सचिवालय प्रतिनिधिले चौधरीसँग भेटेको बताउँदै उनले भने, ‘‘उहाँको समस्या समाधान गर्न सरकारसँग म भोलि नै सिरियस कुरा गर्दैछु।’’

कैलाली पुगेर प्रचण्डले भने – रेशम चौधरी निर्दोष छन्, भोलि नै सरकारसँग ‘सिरियस’ कुरा गर्छु

धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेशम चौधरी निर्दोष भएको बताएका छन्।

उनले टीकापुर घटनामा रेशमको कुनै संलग्नता नभएको बताउँदै समस्या समाधानका लागि काठमाडौं फर्केर सरकारसँग छलफल गर्ने बताए। बिहीबार कैलालीको मसुरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले टीकापुर घटनामा सामेल नभएकाहरू जेलमा रहनु दुखद भएको बताए।

‘‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्, तपाईहरुलाई थाहै छ रेशम चौधरी। म दोस्रो चोटी प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ र, रेशमलाई भेट्यो भनेर मिडियामा ठूलो आलोचना भएको थियो,” उनले भने, ‘‘मैले रेशमलाई भेट्न नहुने के कारण छ ? मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु भनेको थिएँ।”

बुधबार मात्रै आफ्नो सचिवालय प्रतिनिधिले चौधरीसँग भेटेको बताउँदै उनले भने, ‘‘हिजो मात्रै मेरो सचिवालय प्रतिनिधि गएर रेशम चौधरीसँग कुरा भएको छ र उहाँको समस्या समाधान गर्न सरकारसँग म भोलि नै सिरियस कुरा गर्दैछु।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved