भरतपुरको चुनावी सभालाई शेखर र गगन दुवैले सम्बोधन नगर्ने

यसअघि, चुनावी सभालाई सम्बोधन गर्न कोइराला र थापा पनि उपस्थित हुने बताइए पनि कांग्रेसका यी दुई नेता भरतपुर नजाने भएका हुन्।

नेपालभ्युज

भरतपुरको चुनावी सभालाई शेखर र गगन दुवैले सम्बोधन नगर्ने

काठमाडौं। भरतपुरमा आयोजना हुने सत्ता गठबन्धनको चुनावीसभामा सहभागी हुन नेपाली कांग्रेसका नेता शेखर कोइराला र पार्टीका महामन्त्री गगन थापा भरतपुर नजाने भएका छन्।

भरतपुरको सभालाई प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकृकीत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त सम्बोधन गर्दैछन्।

यसअघि, चुनावी सभालाई सम्बोधन गर्न कोइराला र थापा पनि उपस्थित हुने बताइए पनि कांग्रेसका यी दुई नेता भरतपुर नजाने भएका हुन्।

कोइराला र थापा दुवैको सचिवालयले उनीहरू भरतपुरको कार्यक्रममा सहभागी नहुने जानकारी दिएका छन्।

बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न कोइराला विराटनगर गएका थिए। कोइरालासँगै प्रधानमन्त्री देउवा र पौडेल पनि विराटनगर पुगेका थिए। विराटनगर महानगरमा कोइराला निकट व्यक्ति मेयर पदका उम्मेदवार छन्।

स्थानीय तहको निर्वाचनमा पार्टीले गठबन्धन गर्न नहुने कोइराला र थापा दुवैको माग थियो। पार्टीले गठबन्धन गर्ने निर्णय गरेसँगै पार्टीको निर्णयलाई स्वीकार गर्ने बताएका दुवै नेता भरतपुरको चुनावी सभालाई भने सम्बोधन गर्न नजाने भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved