गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु

पराजुलीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। ठक्कर दिने गाडीको खोजी भइरहेको उनले बताए।

नेपालभ्युज

गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु

जनकपुरधाम। धनुषामा गाडीको ठक्करबाट प्रहरीका एक वरिष्ठ हवल्दारको मृत्यु भएको छ। गाडीको ठक्करबाट गएराति इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवर चोकमा ड्युटी सकाएर कार्यालय तर्फ पैदल जाँदै गर्दा वरिष्ठ हवल्दार पराजुलीलाई इलाका प्रहरी कार्यालयकै अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो।

पराजुलीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। ठक्कर दिने गाडीको खोजी भइरहेको उनले बताए।

ठूलो गाडी ट्रक वा मालबाहक ट्यांकरले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ।

ओखलढुंगाको चिंशखुगढी गाउँपालिका–५ स्थायी घर भएका वरिष्ठ हवल्दार पराजुली तीन महिनाअघि ढल्केवर सरुवा भएर आएका थिए।

मृतकको शव पोस्टमार्टमका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved