‘गठबन्धनले गरेको भागवण्डा मान्छौं, ललितपुरको मेयर जित्ने मै हुँ’

नेपालभ्युज

‘गठबन्धनले गरेको भागवण्डा मान्छौं, ललितपुरको मेयर जित्ने मै हुँ’

काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सत्ता गठबन्धनले गरेको भागवण्डा आफूहरूले मान्ने बताएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मेयर महर्जनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरूलाई नछाड्ने बताए।

ललितपुर महानगरपालिकाको मेयर र उपमेर आफूहरूले राख्ने उनले बताए। त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरू पनि आफूहरूलाई राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफूहरूले ५० प्रतिशत लिएर भागवण्डा गर्ने उनले बताए। भने, “गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ। ललितपुर हामी छोड्दैनौँ। हामीले त जितेको ठाउँ हो नि त। छोड्ने भन्ने त प्रश्नै आउँदैन। मेयर उपमेयर हामी राख्छौँ। २९ वडामा १९ वडा भागवण्डा गर्छौ। १० वडा हामी नै राख्छौँ। भागवण्डा गर्दा हामी घटीमा पनि ५० प्रतिशत लिन्छौँ। मैले पाउँछु फरकै पर्दैन। जितेको मेयरमै हुँ। जित्ने पनि मै हुँ। गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरशः पालना गर्छौ।”

ललितपुर महानगरमा मेयरको उम्मेदवार आफू भएको पनि उनले बताए। आफूले नै मेयरको टिकट पाउने उनले दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved