निर्वाचनमा ६ करोड खर्च गरेको बताएपछि शशांकसँग आयोगले माग्यो स्पष्टीकरण

नेपालभ्युज

निर्वाचनमा ६ करोड खर्च गरेको बताएपछि शशांकसँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालासँग स्पष्टीकरण माग गरेको छ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर कोइरालासँग आयोगले जवाफ मागेको हो। कोइरालाले उक्त निर्वाचनमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए। तर उनले आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्रै उल्लेख रहेकाले के कसो भएको हो, त्यसको जवाफ ७ दिनभित्र पनि दिन भनेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता सञ्चार माध्यामहरूले पालना गरे/नगरेको अनुगमन गर्ने जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई दिएको छ।

गत चैत्र २७ गते विभिन्न सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिता उल्लंघन भए, नभएको अनुगमन गर्ने जिम्मेवारी प्रेस काउन्सिललाई दिनेगरी सम्झौंता गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता पौडेलले निर्वाचनसँग सम्बन्धित मिडिया अभिमुखिकरण कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गर्ने तयारी गरिएको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved