दीपेन्द्र सिंह ऐरी १ हजार रन बनाउने पहिलो नेपाली खेलाडी

नेपालभ्युज

दीपेन्द्र सिंह ऐरी १ हजार रन बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं। नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।

३९ खेलमा १ शतक र ४ अर्धशतकसहित १ हजार रन पूरा गरेर ऐरीले कीर्तिमानी बनाएका हुन्। फाइलन खेलमा पीएनजीविरुद्ध २१ रन बनाएसँगै उनले यो कीर्तिमानी कायम गरेका हुन्। उनले फाइनलमा पीएनजीविरुद्ध अविजित रहँदै ३८ बलमा ५४ रन जोडे।

यसै सिरिजमा उनले पारस खड्काको नाममा रहेको नेपालका लागि टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा रहेको सर्वाधिक सात सय ९९ रनको रेकर्ड तोडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved