तीन दिनमै ४० लाखले हेरे सपूतको ‘पिर’

नेपालभ्युज

तीन दिनमै ४० लाखले हेरे सपूतको ‘पिर’

काठमाडौं। प्रकाश सपूतको नयाँ गीत ‘पिर’ रिलिज भएको तीन दिनमै ४० लाख बढीले उक्त गीत हेरेका छन्। प्रकाश सपूत नामको युट्युब च्यानलबाट शुक्रबार राति रिलिज भएको उक्त गीत हालसम्म आधिकारिक च्यानलमार्फत मात्रै ४० लाख १२ हजारले हेरेका छन्।

गीतले कला क्षेत्रमा मात्रै नभएर समाज र राजनीतिमा पनि ठूलो तरंग ल्याएको छ। माओवादी सशस्त्र युद्ध र राजतन्त्रको अन्त्यसँगै आएको नयाँ व्यवस्थापछि पूर्व लडाकुले भोग्नुपरेका अनेक प्रताडनाहरूलाई देखाउनेगरी गीतको भीडीओ बनेको छ।

आम जनमानसबीच भीडीओ लोकप्रिय बनेको छ। टिकटक, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा लोकप्रिय बनेको उक्त गीत युट्युबमा ट्रेन्डिङको पहिलो नम्बरमा चढेको छ।

तर उक्त भीडीओमा देखाइएको दृश्यले पूर्वलडाकुको अपमान गरेको भन्दै माओवादी भातृ संगठनहरूले गायक सपूतलाई माफी मागेर युट्युबबाट भीडीओ हटाउन चेतावनीसमेत दिइरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत यस विषयमा बोल्दै गीतले गम्भीर विषय उठाएकाले विरोध गर्नु उपयुक्त नहुने बताएका छन्। यसैबीच गायक सपूतले पनि गीतलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved