प्रकाश सपुतले गम्भीर विषय उठाएका छन्, विरोध गर्नु उपयुक्त छैन : प्रचण्ड

प्रकाश सपुतले गम्भीर विषय उठाएका छन्, विरोध गर्नु उपयुक्त छैन : प्रचण्ड

धनगढी ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्‍त्र द्वन्द्वका लडाकूहरुले अहिले खाडीमा दु:खपूर्ण जीवन बिताइरहेको बताएका छन्। उनले आफू भ्रमणमा जाँदा माओवादी जनयुद्धका सयौँ लडाकूहरुलाई कतार, मलेसियामा भेट्ने गरेको बताए।

धनगढी विमानस्थलमा पत्रकारहरुसँग सोमबार कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रकाश सपुतले भर्खरै ल्याएको पीर बोलको गीतको विरोध गर्नु उपयुक्त नरहेको टिप्पणी गरे।

उनले गम्भीर विषय उठाएर राम्रो सिर्जना गर्ने गरेको भन्दै सपुतको प्रशंशा गरे। ” विरोध गनुपर्ने जस्तो मलाई लाग्दैन्, मानिसले आफ्ना अनुभव र अनुभूति अनुसार गीत, कविता बनाउँछन् , बहस हुनसक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको विषयमा कसैले चर्चा गरे भने त्यसको विरोधमा आउनुपर्ने म उपयुक्त ठाँन्दिन।”

यसअघि माओवादी नेताहरू र सिंगो वाईसीएलले प्रकाश सपुतको गीतको विरोध गर्दै उनलाई ‘कारबाही’ गर्ने धम्की दिएका थिए।

माओवादी जनयुद्धको विषयमा अहिले मात्रै नभएर ५० औं वर्षसम्म यस्ता चर्चा भइरहने उनले बताए।

त्यस्तै खाडीमा रहेका पूर्व लडाकुहरुले आफू दुखमा रहेपनि माओवादीप्रतिको माया उस्तै रहेको र परिआएको बेला जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको सुनाएको उनले बताए।

प्रकाश सपूतको गीतमाथिको हमला र वेश्यावृत्तिबारे नेपाली बुझाइ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved