सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवस

पुरूषभन्दा अब्बल छन् कर्मशील महिला (फोटो फिचर)

सफल उद्यमी, राजनीतिज्ञ, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वास्थ्यकर्मीलगायत आ–आफ्नो परिचय बनाएका  केही प्रतिनिधि महिलाहरूलाई हामीले समेटेका छाैँ– ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा।

नेपालभ्युज

पुरूषभन्दा अब्बल छन् कर्मशील महिला (फोटो फिचर)

केही दशकअघिसम्म चुलोचौको र घरधन्दामा सीमित हुन्थे- महिला। सामाजिक, आर्थिक, राजनीतिक र व्यावसायिक सबै क्षेत्रमा पुरुषको एकाधिकार थियो।

प्रजातन्त्रपछि कानूनी हिसाबले महिला-पुरुष समान भए। त्यसपछि महिलाले सामाजिक, आर्थिक, राजनीतिक र व्यावसायिक सबै क्षेत्रमा समानताको दाबी गर्न थाले तर व्यावहारमा भने अझै समान हुन बाँकी छ तर पनि महिलाले विभिन्न क्षेत्रमा आफूलाई स्थापित गरेका छन्।  राम्रो पकड पनि हासिल गरेका छन्।

जीविकोपार्जनको लागि पति र परिवारका अन्य सदस्यसँग निर्भर हुने महिला केही दशकको अन्तरालमा आफैँ परिवार र समाजलाई डोहोर्‍याउन थालेका छन्। यस्तो कुनै क्षेत्र छैन, जहाँ महिलाले नेतृत्व नगरेको होस्।

सफल उद्यमी, राजनीतिज्ञ, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वास्थ्यकर्मीलगायत आ–आफ्नो परिचय बनाएका  केही प्रतिनिधि महिलाहरूलाई हामीले समेटेका छाैँ– ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा। बेग्लाबेग्लै क्षेत्रमा काम गरिरहेका भए पनि नारी–पुरुषबीच समाजमा व्याप्त असमानाबारे समान दृष्टिकोण छ– समाजको पुरुषप्रधान चरित्र फेरिनुपर्छ र महिलाले पनि पुरुषसरह समान अधिकार पाउनुपर्छ।

सञ्जना महर्जन, अभिनेत्री। उनी अहिले टिभी सिरिज क्राइम फाइलमा काम गरिरहेकी छिन्।
प्रजिना श्रेष्ठ, क्याफे सञ्चालिका। फ्रिक स्ट्रिट क्याफे २०१९ देखि उनले काठमाडौंमा सञ्चालन गरिन्। जहाँ संगीत, कला र धेरै किताबहरूको साथमा ग्राहकले सेवा लिन पाउँछन्।
संयुक्ता भण्डारी, भिजुअल आर्टिस्ट। आर्टको कुराकानी नामक संस्थाको सिइओ उनी सडक पसलमा आर्ट गर्दैआएकी छिन्।
सदिना श्रेष्ठ, महिला बास्केटबल खेलाडी
नीता प्रधानाङ्ग, रेडियो, टिभी तथा स्टेश शो प्रस्तोता।
स्मृति विश्वकर्मा, उनको स्टेजको नाम दमृति हो। उनी वाईवाई डाइनामिट ब्रेक बार्सर्याप ब्याटलकी विजेता हुन्।
नुछेदेवी महर्जन, २१ वडा जनप्रतिनिधि, काठमाडौं। दुई दशकदेखि आफ्नो समुदाय र जनताको कल्याणका लागि जोशका साथ काम गर्दै आएकी छिन्।
दिया महर्जन, काठमाडौँकी ट्याटु आर्टिस हुन्। ६ वर्षयता उनले ट्याटु आर्ट गर्दै आएकी छिन्।
नीरा महर्जन, नर्सिङमा स्नातक सकेकी उनी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा नर्सिङ इन्चार्ज पदमा कार्यरत छिन्।
डा. निलम सुवेदी, प्रसूति तथा स्त्री रोग विशेषज्ञ उनी ग्राण्डी इन्टरनेशनल अस्पताल धापासीमा कार्यरत छिन्।
१८ वर्षयता काठमाडौंमा सफा टेम्पाे चलाउँदै आएकी उनले परिवारको आम्दानीको स्रोतमा सहयोग गर्दै आएकी छिन्। शुरुका दिनमा धेरै असहज महसुस भए पनि अहिले उनलाई आफ्नो काम सामान्य लाग्छ। उनका तीन जना बहिनीहरू पनि टेम्पाे चलाउँदै आएका छन्।
ढककुमारी पौडेल, विद्युत् प्राधिकरणको प्राविधिक। उनी अहिले ५० वर्षकी भइन्, उनले बिजुलीको पोलमा चढेर काम गर्दै आएको एक दशक बढी भयो।
ज्योति श्रेष्ठ फोटोग्राफर। ज्योति उपत्यकाका विभिन्न परियोजनाहरूमा फोटोग्राफर र सांस्कृतिक सहजकर्ताको रूपमा काम गर्दैआएकी छिन्। विभिन्न फोटो प्रदर्शनीमा उनका फोटोहरू प्रदर्शन भैसकेको छ। उनले खिचेको तस्बिरहरू फिनल्यान्ड र जर्मनीमा २०२१ मा प्रदर्शन गरिएको थियो।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved