चीनमा एमबीबीएस पढेर आएकाले इन्टर्नसिप माग गर्दै थाले भोक हडताल

चीनमा एमबीबीएस अध्ययन पूरा गरेर इन्टर्नसिप गर्दागर्दै कोभिडका कारण फर्किन बाध्य लगभग दुई सय डाक्टर सरकारले समयमै निर्णय नगरिदिँदा पेशामा आबद्ध हुनबाट वञ्चित त छन् नै, देशले पनि दक्ष जनशक्तिको सेवा गुमाइरहेको छ।

नेपालभ्युज

चीनमा एमबीबीएस पढेर आएकाले इन्टर्नसिप माग गर्दै थाले भोक हडताल

काठमाडौं। एक वर्षको इन्टर्नसिपको माग गर्दै चीनबाट एमबीबीएस पढेकाहरूले भोक हड्ताल शुरु गरेका छन्।

लामो समयदेखि आन्दोलनरत उनीहरूले काठमाडौंको माइतीघरमा धर्ना थालेका हुन्। एमबीबीएस उत्तीर्ण भएर लाइसेन्स पास भइसकेका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।

नेपाल सरकार र शिक्षा आयोगका कारण एक वर्षको इन्टर्नसिप नपाएको उनीहरूको गुनासो छ। २२ पुस २०७८ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई इन्टर्नसिप मिलाउन लेखेको पत्र पनि कार्यान्वयन नभएको उनीहरूको गुनासो छ।

१४ पुउ २०७८ को मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षामा स्नातक तहमा चीनलगायत मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्विकृति दिने निर्णय गरेको थियो। तर हालसम्म पनि विद्यार्थीहरूको माग पूरा भएको छैन।

नेपाल मेडिकल काउन्सिलमा विद्यार्थीहरूले लामो समय धर्ना दिएपछि काउन्सिलका निर्देशक र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयले यस्ता विद्यार्थीलाई इन्टर्नसिप गर्न दिन एउटा समिति गठन गरेको थियो। समितिले विदेशी विश्वविद्यालयमा एमबीबीएसको परीक्षा उत्तीर्ण गरेर इन्टर्नसिप शुरु गरेका विद्यार्थी लाई इन्टर्नसिप गर्न दिने सूचना निकालेको थियो।

२३ असार २०७८ मा चिकित्सा शिक्षा आयोगले विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको कोभिड १९ का कारण इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरूलाई आवदेन गर्नेबारे सूचना निकालेको थियो।

यो पनि पढ्नुहोस्

इन्टर्नसिपकै लागि २० महिना पर्खाइ, करिअर नै धरापमा !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved