सुर्खेतमा आन्दोलनकारी प्रहरीबीच ठाउँठाउँमा झडप

नेपालभ्युज

सुर्खेतमा आन्दोलनकारी प्रहरीबीच ठाउँठाउँमा झडप

सुर्खेत । एमसीसी पारित भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भएको छ। झडपमा प्रहरीले केही सेल अश्रुग्यासमेत प्रहार गरेको छ।

आन्दोलनकारीले गरेको ढुंगामुढाका कारण केही प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको नेपाल बन्द सफल गराउन आएका आन्दोलनकारीले खासगरी वीरेन्द्रनगर मुख्य चोक मंगलगढी चोक, यरीचोकमा प्रदर्शन गर्दा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।

“स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ,” उनले भने, ‘तर विभिन्न गल्लीबाट आन्दोलनकारीहरू निस्किएर प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved