गाउँपालिका भवन तोडफोड, सीसीटीभीसमेत फुटेको अवस्थामा फेला

जाल्पा सामुदायिक लघुवित्त संस्थाबाट तीन लाख रुपैयाँसमेत चोरी

नेपालभ्युज

गाउँपालिका भवन तोडफोड, सीसीटीभीसमेत फुटेको अवस्थामा फेला

सुर्खेत। सल्यानको कालिमाटी गाउँपालिकाको कार्यालय भवनमा तोडफोड भएको छ। बिहीबार राति गाउँपालिका कार्यालय तोडफोड भएको हो।

गाउँपालिकाको कार्यालयको प्रशासकीय भवनका १२ वटा कोठाको ताल्चा फोडेर सीसी क्यामेरासमेत फुटेको अवस्थामा भेटिएको गाउँपालिकाका उपाध्यक्ष सनशीलता वलीले बताइन्।

“सम्पूर्ण ढोकाका ताल्चा तोडफोड गरी प्रमुख प्रशासक, अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष तोडफोड गरिएको छ। कार्यालयका कम्युटरसमेत चोरी भएका छन्,” उनले भनिन्, “अहिले प्रहरीले क्षतिको विवरण संकलन गरिहेको छ।”

घटना कसले र किन गराएको खुल्न सकेको छैन।

यस्तै गाउँपालिका कार्यालय नजिकै रहेको जाल्पा सामुदायिक लघुवित्त संस्थाबाट तीन लाख रुपैयाँ चोरी भएको र ३ नम्बर वडा कार्यालयमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इन्सपेक्टर अर्जुन पौडेलले बताए। “घटनाका बिषयमा अनुसन्धान गरिहेका छौं,” उनले भने, “घटनामा संग्लनको खोजी कार्य जारी छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved