निजगढमा सामुदायिक आँखा अस्पतालको भवन शिलान्यास

नेपालभ्युज

निजगढमा सामुदायिक आँखा अस्पतालको भवन शिलान्यास

काठमाडौं। प्रस्तावित निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको भवन सोमबार शिलान्यास तथा उपचार सेवा उद्घाटन भएको छ। २०७५ सालमा निजगढ नगरपालिका र नेपाल आँखा कार्यक्रमबीच निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो।

अस्पतालको भवन अपांगमैत्री, वातावरणमैत्री र लैगिंक मैत्री आँखा अस्पताल निर्माण गरिने नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुह्द घिमिरेले बताए।

नेपाल आँखा कार्यक्रमले सेवा बिस्तारका शिलशिलामा निजगढ नगरपालिकामा पनि निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल स्थापना गर्ने सम्झौता भएको हो।

निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको सेवा दुई चरणमा संचालन गर्ने योजना रहेको छ। पहिलो चरण (दुई वर्ष)मा निजगढ प्राथमिक स्वास्थ्य केन्द्र रहेको क्षेत्रभित्र रही नियमित रूपमा आँखा स्वास्थ्य सेवा र बेला बेलामा मोतिबिन्दुको शल्यक्रिया लगायत अन्य विशेषज्ञ सेवा प्रदान गरिने घिमिरे जानकारी दिए। त्यस्तै, दोश्रो चरणमा नेत्ररोग विशेषज्ञ सहितको नियमित सेवा संचालन हुने उनले बताए।

संस्थाले अगामी ५ वर्षमा झण्डै २ लाखभन्दा बढी बिरामीको आँखा जाँच र २५ हजार बिरामीको बिभिन्न प्रकारको शल्यक्रिया गर्ने योजना बनाउको उनी बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved