लागुऔषधको कारोबार गरेको आरोपमा बार्दिबासबाट ३ जना पक्राउ

नेपालभ्युज

लागुऔषधको कारोबार गरेको आरोपमा बार्दिबासबाट ३ जना पक्राउ

जनकपुरधाम । लागूऔषधको कारोबार  आरोपमा महोत्तरीको बर्दिबासबाट तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही मलङगवा-९ बस्ने २२ वर्षीय मुकेश साह र सर्लाही रामनगर-४ बस्ने २१ वर्षीय अरुण कुमार दास रहेका इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

लागुऔषध कारोबार गर्दै गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबासले बर्दिबास-१ स्थित देउराली माध्यमिक विद्यालय नजिकैको जंगलबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए।

उनीहरूको साथबाट डाइजापाम इन्जेक्सन ३५ एम्पुल, प्रोमोथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन ३५ एम्पुल र खुला अवस्थामा राखिएको लेबलिङ नभएको एम्पुल ३५ थान गरी १ सय ५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई इप्रका बर्दिबासको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved