पुलिस क्लबद्धारा च्यासल २–१ ले पराजित

नेपालभ्युज

पुलिस क्लबद्धारा च्यासल २–१ ले पराजित

काठमाडौं। रवि शंकर पासवानको दुई गोलको मद्दतले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ। बुधबारत्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३७ औ मिनेटमा पुलिसले खाता खोलेको थियो। निर कुमार राईको पासमा गोल गर्दै रवि शंकरले पुलिसलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा पुलिसको १–० को अग्रता कायमै रह्यो। तर खेलको ५३ औ मिनेटमा च्यासलले पेनाल्टी पायो। च्यासलका खेलाडी रुमेश बर्तौलालाई पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीलाई च्यासलका विदेशी खेलाडी मौसा एबागानाले खेर फालेनन् र खेल १–१ को बराबरीमा पुग्यो।

यसपछि ७० औं मिनेटमा पुनः रवि शंकरले सुमन लामाको पासमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए। बाँकी समयमा बराबरी गोल फर्काउने च्यासलको प्रयास सफल हुन नसक्दा खेल पुलिसले २–१ ले जित्यो।

यो सिजन खराब फर्ममा रहेको पुलिसको नौ खेलमा मात्र यो दोस्रो जित हो। यो जितपछि नौ खेलमा दुई जित र चार बराबरीपछि पुलिस १० अंक सहित लिगको १० औ स्थानमा उक्लिएको छ। च्यासल पनि उता १० खेलबाट मात्र पाँच अंक सहित रेलिगेशन जोनमा छ। च्यासलका १९ खेलाडीलाई कोभिड भएपछि रोकिएको लिगको यो नवौ चरणको खेल आज बुधबार खेलाइएको हो।

अब लिगको बाँकी १० औ चरण देखिका खेलहरु शुक्रबारदेखि सुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved