धनगढीमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक घाइते

धनगढीमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक घाइते

धनगढी । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच धनगढीमा झडप भएको छ। सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा प्रहरीसग झडप भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको छ। झडपमा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशी घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेको बताए। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सामान्य धरपकड मात्रै भएको बताए।

अनेरास्ववियू र राष्ट्रिय युवा संघले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्। पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन्।

मंगलबार नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको थियो। योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

अनेरास्ववियूद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक

अनेरास्ववियूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशका सबै जिल्लाहरुमा अनेरास्ववियूले सरकारविरुद्ध आन्दोलन गर्ने भएको हो। पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि, भ्रष्टाचारकाविरुद्ध निरन्तर आन्दोलन गर्ने अनेरास्ववियू प्रदेश कमिटीले जनाएको छ।

कार्यक्रम अन्र्तगत १९ गते सबै जिल्लामा विरोधका कार्यक्रम गर्ने, २० गते प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापन पत्र बुझाउने र २१ प्रदेशभरका सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved