वेष्ट इण्डिजले जित्यो इंग्ल्याण्डविरुद्धको टी–२० सिरिज

नेपालभ्युज

वेष्ट इण्डिजले जित्यो इंग्ल्याण्डविरुद्धको टी–२० सिरिज

काठमाडौं। इंग्ल्याण्डविरुद्धको टी–२० सिरिज वेस्ट इण्डिजले जितेको छ। सोमबार बिहान भएको निर्णायक तथा पाँचौं खेलमा इंग्ल्याण्डलाई १७ रनले हराउँदै वेस्ट इण्डिजले सिरिज जितेको हो।

निर्णायक खेलमा वेस्ट इण्डिजले दिएको १८० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो। उसका लागि जेम्स भिन्सले ५५, साम बिलिङ्सले ४१, टम ब्यान्टनले १६ र कप्तान मोइन अलीले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

बलिङमा जेसन होल्डर र अकिल होसेनले उत्कृष्ट प्रदर्शन गरे। होल्डरले ह्याट्रिसहित कुल पाँच विकेट लिए। उनले १९.२, १९.३, १९.४ र १९.५ ओभरमा लगातार चार विकेट लिए। २.५ ओभरमा २७ रन दिएका होल्डरले कुल ५ विकेट लिए। होसेनले ४ ओभरमा ३० रन खर्चिदै ४ विकेट हात पारे। ओडेन स्मिथको नाममा एक विकेट रह्यो ।

त्यसअघि, बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो। उसका लागि कप्तान किरण पोलार्डले २५ बलमा दुई चौका र एक छक्कासहित ४१ र रोभम्यान पावेलले १७ बलमा चार छक्का र एक चौकाको सहयोगमा ३५ रनको पारी खेले।

त्यस्तै, ब्रेण्डन किंगले ३४, कायल मेयर्सले ३१ र निकोलस पूरनले २१ रनको योगदान दिए । बलिङमा आदिल राशिद र लियाम लिभिङस्टोनले दुई÷दुई विकेट हात पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved