चिसो बढेसँगै सिरक डसनाको बिक्री बढ्यो

तयारी पोशाकमा ज्याकेट, स्वेटर, गलबन्दी, टोपी ट्र्याकसुट, टाउजर, जम्फर लगायतका बिक्री बढ्नाका साथै सिरक, डसना बनाउने क्रमसमेत बढेको जनाइएको छ।

नेपालभ्युज

चिसो बढेसँगै सिरक डसनाको बिक्री बढ्यो

इनरुवा। सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ। सिरक, डसना, रुवा, ऊनीको सर्टको कपडा, कुर्ता सुरुवाल टोपी, ब्ल्याङ्केट लगायतका लुगाको कारोबारीमा वृद्धि भएको सुनसरी सदरमुकाम इनरुवा–१ का व्यापारी शम्भु मेहताले बताए।

चिसोबाट जोगिनलाई न्यानो कपडा आवश्यक पर्ने भएकाले यसको कारोबार वृद्धि भएको हो। सदरमुकाम इनरुवामा मात्रै दैनिक पचासौँ लाखको न्यानो कपडा बिक्री भइरहेको उद्योग वाणिज्य सङ्घ इनरुवाले जनाएको छ। करीब १०० कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यपारीले जनाएका छन्।

यसैगरी, तयारी पोशाकमा ज्याकेट, स्वेटर, गलबन्दी, टोपी ट्र्याकसुट, टाउजर, जम्फर लगायतका बिक्री बढ्नाका साथै सिरक, डसना बनाउने क्रमसमेत बढेको जनाइएको छ।

व्यवसायीका अनुसार जाडोमा घरभित्र सिरक डसनाको आवश्यकता बढी हुने भएकाले सिरक बनाउन आउने र कपास किन्नेहरुको समेत भीड बढेको छ।

इनरुवामा सिरक डसना बनाउँदै आएका व्यपारीका अनुसार गत पुसको दोस्रो सातादेखि हालसम्म दैनिक तीनदेखि बढीमा १० वटासम्म बनाउने गरेका छन्।

चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्यसमेत वृद्धि गरेको स्थानीय उपभोक्ता मन्दीपकुमार साहले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved