सन्दीपसहित नेपालका १५ खेलाडीको नाम आईपिएलको अक्सनका लागि पठाइयो

नेपालभ्युज

सन्दीपसहित नेपालका १५ खेलाडीको नाम आईपिएलको अक्सनका लागि पठाइयो

काठमाडौं। नेपालका कप्तान सन्दीप लामिछानेसहित १५ खेलाडीको नाम इन्डियन प्रिमियर लिग (आईपिएल)को अक्सनका लागि पठाइएको छ। नेपाल क्रिकेट संघ क्यानले आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद् भेस्वाकर, कुशल मल्ल, करन केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको नाम अक्सनका लागि पठाइएको जानकारी दिएको छ।

२५ जनवरीसम्म आईपिएलमा खेलाडीको नाम दर्ता हुनेछ। त्यसपछि आईपिएलले खेलाडीको नाम सर्टलिष्ट गर्नेछ। सर्ट लिष्टमा पर्ने खेलाडी मात्र मेगा अक्सनमा जाने छन्। आइपिएलले  प्रारम्भिक चरणमा  कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता भएको जनाएको छ । जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन् ।

आईपिएलमा यस सिजन १० टिमले प्रतिस्पर्धा गर्दैछन्। फेब्रुअरीमा ती टिमका लागि खेलाडीको अक्सन हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आईपिएल २०२२ शुरू हुने अन्तिम मिति अझै टुंगो लागिसकेको छैन। यस सिजनको आईपिएल मुम्बईका तीन क्रिकेट रंगशाला वान्खाडे, क्रिकेट क्लब अफ इन्डिया र डिवाई पटिल स्टेडियममा आयोजना गर्ने तयारी चलिरहेको छ। २० फेब्रुअरीमा हुने बैठकले यस विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved