नेपालीबीच एकता र सद्भाव बढाउने पर्व मकर संक्रान्तिः मुख्यमन्त्री राउत

मुख्यमन्त्री राउतले नेपालीबीच एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याउने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्बद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपालभ्युज

नेपालीबीच एकता र सद्भाव बढाउने पर्व मकर संक्रान्तिः मुख्यमन्त्री राउत

जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘मकर संक्रान्ति तथा माघी’ पर्वको शुभकमना व्यक्त गरेका छन्।

मुख्यमन्त्री राउतले नेपालका विभिन्न जातजाति तथा समुदायहरुद्वारा मनाइने माघे संक्रान्ति एवं माघी पर्वको सुखद् अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृति सुस्वास्थ्यको उत्तरोत्तर प्रगतिको शुभकमना व्यक्त गरेका हुन्।

मुख्यमन्त्री राउतले जातीय तथा धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुलकमा यस मकर संक्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वको रुपमा हर्षोल्लासपूर्वक धुमधामले मनाउने भएकाले नेपालीबीच एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याउने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्बद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

विविधताले भरिपूर्ण सिंगो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस महानपर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थप्दै सबै नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक-सांस्कृतिक एकतालाई सुदृढ बनाउने मुख्यमन्त्री राउतद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved