कोभिडबाट बच्न तयारी अवस्थामा रहन मुख्यमन्त्री राउतको निर्देशन

नेपालभ्युज

कोभिडबाट बच्न तयारी अवस्थामा रहन मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कोभिड १९को सम्भावित तेस्रो लहरका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरूलाई निर्देशन दिएका छन्।

कोभिड १९को ओमिक्रोन भेरियन्टसँग लडन प्रदेशस्थित स्वास्थ्य संस्थाहरूको अवस्था तथा अगामी दिनमा गर्नुपर्ने तयारीबारे छलफल गर्न मुख्यमन्त्री निवासमा मधेश भवनमा आज सम्पन्न प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र (पीसीसीएमसी)को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन्।

छिमेकी मुलुक भारतलगायत देशमा बढ्दै गएको ओमिक्रोन भेरिएन्टबाट प्रदेश २ पनि प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले उक्त भेरियन्टसँग लड्न तयारी अवस्थामा रहनुबाहेक विकल्प आफूहरूसँग नरहेको बताए।

बैठकका सहभागीहरूले प्रदेशभरि रहेका सरकारी अस्पतालको अवस्था, कोभिड १९ सँग लड्न आवश्यक उपकरण, किटलगायत सामग्रीको उपलब्धता तथा अगामी दिनमा व्यवस्था गर्नुपर्ने सामग्रीबारे ब्रिफिङ गरेका थिए ।

मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीहरूका साथै सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्यसँग सम्बन्धित निकायहरूका प्रमुखहरू विज्ञहरूको उपस्थिति थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved