शुक्रबारदेखि ए डिभिजन लिगको नवौं चरण, पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा भिड्ने

नेपालभ्युज

शुक्रबारदेखि ए डिभिजन लिगको नवौं चरण, पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा भिड्ने

काठमाडौं। १४ क्लबको सहभागिता रहेको शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नवौं चरणका खेल हुँदै छन्।

आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेको छ भने रेलिगेशन क्षेत्रमा रहेको टोली बच्न संघर्ष गरिरहेका छन्।

शुक्रबारबाट नवौं चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेल विभागीय फुटबल क्लब एपीएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदै दुवै टोली अंकका लागि मैदान उत्रिनेछ। विभागीय क्लब एपिएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निकाल्न सफल भइरहेको छ भने हिमालयन शेर्पाले मध्ययम प्रदर्शन गर्दै तालिकाको बीचमा रहेको छ।

दुवै टोलीका शुक्रबार हुने खेलबाट अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। दोस्रो खेल भने तालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबले यसै सिजनको नयाँ टोली सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ।

उपाधि होडलाई जिवन्त राख्न मनाङ सातदोबाटो युथ क्लबसँग सर्तक रहेर खेल्नेछ। किनेभने सातदोबाटोले बलिया टोलीविरुद्ध राम्रो नतिजा निकाल्दै अंक जोडिरहेको छ। मनाङका प्रशिक्षक तोपे फुजाले क्लब जुन भए पनि आफ्नो टोली तीन अंकका लागि खेल्ने बताए।

आठौं चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा छ। नवौं चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्ने छ। मच्छिन्द्र फुटबल क्लब उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

शनिबारको खेलमा भने फ्रेन्ड्सले त्रिभुवन आर्मी फुटबल क्लबसँग तीन अंकका लागि खेल्ने जनाएको छ। फ्रेन्ड्स जारी लिगमा एक मात्र टोली हो जसले एक खेलमा पनि स्पष्ट तीन अंक जोड्न सकेको छैन। यस्तै थ्री स्टार क्लबले संकटा क्लबसँग नवौ चरणको खेलमा प्रतिस्पर्धा गर्दा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच नवौं चरणको अन्तिम खेल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved