कोरोनाका कारण चार दिनमै सकियो चितवन महोत्सव

चार दिनमै महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मूल आयोजक कमिटीले चितवन महोत्सवमा स्टल राखेका व्यवसायीलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ।

नेपालभ्युज

कोरोनाका कारण चार दिनमै सकियो चितवन महोत्सव

चितवन। २५ पुसदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३ औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४ औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौंथो दिनमा महोत्सव समापन गरेका हुन्।

“कोरोना महामारीको जोखिमका कारण हामीले चौंथो दिनमै चितवन महोत्सव समापन गर्दैछौँ,” अध्यक्ष श्रेष्ठले भने, “अर्को वर्ष हामी १४ औँ संस्करणको चितवन महोत्सव गर्ने छौँ, त्यसको घोषणा आजै गर्छु।”

चार दिनमै महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मूल आयोजक कमिटीले चितवन महोत्सवमा स्टल राखेका व्यवसायीलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देश गरेसँगै महोत्सव समापन गरिएको बताइएको छ। महोत्सव आगामी ४ माघमा समापन गर्ने कार्यक्रम थियो।

चितवनको गौरव र गरिमामय प्रस्तुतिको रूपमा रहेको चितवन महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टाछुट्टै परिसर रहेका थिए।

त्यस्तै, महोत्सवमा चारवटा विशेष स्टल तथा डोमसहित बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीलगायत ३५० वटा स्टल राखिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved