नेकपा एमाले चितवनको अधिवेशन स्थगित

विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्र्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

नेपालभ्युज

नेकपा एमाले चितवनको अधिवेशन स्थगित

चितवन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। २३ पुसदेखि शुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो।

जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले आज जारी गरेको विज्ञप्तिमा अर्काे सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ।

विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

उक्त अधिवेशनको २३ पुसमा उद्घाटन र २४ गते बन्दसत्र भएको थियो। बन्दसत्रले पार्टी अध्यक्ष रावलद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो।

निर्वाचन प्रक्रिया शुरु हुनुअघि अधिवेशन स्थगित गरिएको हो। जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved