समाज रूपान्तरण नहुँदा दिनदिनै अपराध बढ्यो : विश्वप्रकाश शर्मा

समाज रूपान्तरण नहुँदा दिनदिनै अपराध बढ्यो : विश्वप्रकाश शर्मा
फाइल तस्वीर

ताप्लेजुङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रूपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा उनले समाज रूपान्तरण नभएसम्म देश विकास सम्भव नभएकाले शिक्षा स्वास्थ्यमा लगानी गर्नुपर्ने तर्क गरे।

समाज रूपान्तरण नभएको कारणले दिनदिनै आपराधिक घटना वृद्धि हुने क्रम बढ्दै गएको महामन्त्री शर्माले बताए। विकासका नाममा सडक, भवन निर्माण, बाटो, खानेपानीजस्ता विषयमा सरकारले लगानी गरेकाले समाजमा परिर्वतन आउन नसकेको उनको भनाइ थियो। भने, “भन्दै राम्रो काम गर्न नेपालमा जन्म लिएका हौँ। पाथिभराको काखमा जन्म लिएका हौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved