अन्तिम टि-२० मा पनि भारत विजयी

नेपालभ्युज

अन्तिम टि-२० मा पनि भारत विजयी

काठमाण्डौ । अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ । बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो ।

१६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो ।

त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको थियो । घरेलु टोली भारतले पाँच खेलको टि–२० शृङ्खला एक खेल अगावै जितिसकेको थियो ।

चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँद शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved