बढ्दैछन् हृदयघातका बिरामी, यी हुन् मुख्य कारण

हृदयघात हुने प्रमुख कारण बदलिदों जीवनशैली, चिल्लो बोसोको सेवन, निष्कृय जीवनशैली, चिन्ता, मोटोपना र सूर्तिजन्य पर्दाथ सेवन

बढ्दैछन् हृदयघातका बिरामी, यी हुन् मुख्य कारण

काठमाडौं। बिहान १० बजेबाट उमेश थापा (नाम परिर्वतन गरिएको ) को अचानक छाती दुख्न सुरु गर्‍यो। अफिस पुगेका उनी छाती दुख्न थालेपछि कम हुने पर्खाइमा केही समय तातो झोलिलो पदार्थ खाएरै बसे।

५० वर्षीय उमेशले यसरी कहिल्यै एक्कासी छाति दुखेको महशुस गरेका थिएनन्।

छातीको दुखाई कम हुनुको साटो असह्य गरेर खुख्न थालेपछि उनी नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल पुग्छन् तर अस्पतालले केही चेकजाच गरेपछि शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र रिफर गर्छ।

‘‘गंगालाल अस्पताल पुग्दासम्म छाती दुख्ने मात्र होइन हात समेत झम्झमाउने भइसकेको थियो, मुटुमा पक्कै पनि केही भयो होला भन्ने शंका लागेको थियो,” उनले भने।

साढें ११ बजे अस्पताल पुगिसकेका थापाको १० मिनेटमै इसीजी गरियो, उनलाई गम्भिर खालको हृदयाघात भएको केन्द्रले पुष्टि गर्‍यो।

हृदयरोग केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले उमेशको इसीजी गर्ने बित्तिकै मुटुको नसा बन्द देखायो र तुरुन्तै उनको प्राइमरी एन्जिओप्लाष्टी (मुटुको नसा खोल्ने प्रविधि) गरिएको बताए।

डा. अधिकारी भन्छन् “प्राइमरी एन्जिओप्लाष्टी एक किसीमको आस्मिक शल्यक्रिया प्रविधि हो, उमेशलाई प्राइमरी एन्जिओप्लाष्टी गर्न १२ बजे क्याथ ल्याबमा लागिएको थियो १० मिनेमै उनको बन्द भएको नसा खोलियो र उनलाई सिसीयुमा सारियो।”

प्राइमरी एन्जिओप्लाष्टी गरेका बिरामीहरुलाई ४–५ दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उनले बताए।
गंगालालमा उमेश जसरी नै हृदयघात भएर दैनिक ४ जनासम्म बिरामी आउने गरेका छन्। यसरी वर्षेनी १५ हजारको हाराहारीमा हृदयघातका बिरामी थपिइरहेका छन्।

गंगालालमा २०१२ मा गरिएको एक अध्ययनअनुसार  ४९५ जना हृदयघात भएका बिरामी भर्ना भएका थिए। यसको ६ वर्षपछि पुनः २०१८ मा केन्द्रले गरेको अध्ययनमा तीन गुणाले (१४ सय ६० जना )  हृदयघातका बिरामी बढेको अधिकारीले बताए।

त्यस्तै २०२० मा कोभिड संक्रमणको समयमा पनि हृदयघात भएर १६ सय ९८ जना बिरामी अस्पताल आएको उनको भनाइ छ।

उनका अनुसार २०२० मा अस्पताल भर्ना भएका सबै बिरामीहरुमध्ये ४४ प्रतिशत हृदयघातका मात्र बिरामी थिए।

उनी भन्छन् ‘‘२०२० मा मात्र होइन गंगालालमा विगत १० वर्षको तंथ्याक हेर्ने हो भने सबै मुटुरोग बिरामी ध्ये ४० देखि ५० प्रतिशत त हृदयघातका बिरामी मात्र छन्, त्यसमध्ये ११ प्रतिशत जति ४५ वर्ष भन्दा कम उमेर समुहका छन्।”

गंगालालको तथ्याकंलाई मात्र आधार मानेर हेर्ने हो भने नेपालमा हृदयघात हुनेको संख्या दिनप्रति दिन बढ्दै गइरहेको उनको भनाइ छ। हृदयघात भएर अस्पताल आएका बिरामीहरु मध्ये ७ प्रतिशतको अस्पतालमै मृत्यु हुने गरेको उनको भनाइ छ।

किन बढ्दै छन् हृदयघातका बिरामी ?

हृदयघात हुने प्रमुख कारण बदलिदों जीवनशैली, चिल्लो बोसोको सेवन, निष्कृय जीवनशैली, चिन्ता, मोटोपना र सूर्तिजन्य पर्दाथ सेवन रहेको उनले बताए।

डा.अधिकारी भन्छन् “सन् २०१२ मा गंगालाल अस्पतालमा हृदयाघात भएर आएकाहरुको हिस्ट्री हेर्दा ४९५ मानिसमा ९७.८ प्रतिशतले धूम्रपान गरेको पाइयो, पुनः २०१८ मा हेसोही अनुसार नै हेर्दा धूम्रपान गरेका ५७ प्रतिशतमा हृदयाघात भएको देखियो।”

५० वर्षभन्दा कम उमेरको व्यक्तिले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना नखानेको तुलनामा ८ गुणाले बढी हुने डा.अधिकारीको भनाइ छ।

“हुदयघात भएका आएकाहरु ४५ वर्ष भन्दा कम उमेरका व्यक्तिहरुमध्ये ७० प्रतिशत चुरोटे छन्,” उनले भने, “सय जना चुरोट खाने एकातिर र नखाने अर्कोतिर राखियो भने नखाने सय मध्ये २ जनामा मात्र हृदयघात हुन्छ भने खाने सय मध्ये २० जनामा हृदयघात हुने सम्भवना रहन्छ।”

त्यस्तै महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले पनि नेपालमा पछिल्ला केही वर्षयता मुटु रोगका बिरामी बढेको बताए।

डा.भट्टराई भन्छन् ‘‘अहिले मुटु रोगका बिरामीहरु बढेका छन्। ती मध्ये ४५ प्रतिशत ह्दयघात भएका बिरामीहरु छन्, पहिले ४५ वर्षपछि मात्र ह्दयघात हुन्थ्यो तर आजभोली २०-२५ वर्षकै उमेर समुहका युवालाई पनि हृदयघात हुन्छ यसको मुख्य कारण भनेको अत्याधिक धुम्रपान गर्नु नै हो।”

मधुमेह, उच्चरक्तचाप, कोलेस्ट्रोल र चुरोट खाने व्यक्तिलाई तुलनात्मक रुपमा हृदयघातको जोखिम धेरै रहने डा. भट्टराईले जानकारी दिए।

‘हत्यारा रोग’ बन्दै हृदयघात

नेपालमा नसर्ने रोगका कारण ७१ प्रतिशतको मृत्यु भइरहेको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले बताए। उनले भने,‘‘७१ प्रतिशतमध्ये करिब २२ प्रतिशतको मृत्यु मुटु तथा रक्तनली सम्बन्धी रोगहरुबाट भइरहेको छ।”

विश्व मुटु महासंघको तथ्याकं अनुसार विश्वभर वर्षेनी एक करोड ८६ लाख मानिसको मुटु रोगका कारण मृत्यु हुने गरेको छ
विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ ) अनुमानअनुसार २०३० सम्ममा मुटुरोगका कारण विश्वभर वर्सेनी २ करोड ५० लाखको मृत्यु हुनसक्नेछ।

उक्त अवधिमा नेपाललगायत विकाशउन्मुख राष्ट्रमा भने ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान छ।
त्यस्तै, डब्लूएचओले हृदयघात हत्यारा रोगको रुपमा स्थापित हुने उल्लेख गरेको छ।

नेपालमा ७५ लाख मानिस कुनै न कुनै मुटु रोगका कारण पिडित भएको नेपाल हृदय रोग निवारण प्रतिष्ठानले जनाएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०१९ मा पाँच हजार ५९३ जनामा गरेको एक सर्वेक्षणका अनुसार १० वर्ष भित्र ४० देखि ६९ उमेर समुहको मानिसलाई मुटु रोगको जोखिम ३० प्रतिशतभन्दा बढी हुने देखाएको छ।

मुटुमा लाग्ने रोगहरुमध्ये सबैभन्दा घातक हृदयघात भएको मुटुरोग विशेषज्ञ डा.प्रेमराज बैद्यले बताए। विश्वमा १ करोड ८६ लाख व्यक्तिको मृत्यु हृदयघातका कारणले भइरहेको डा.वैद्यले बताए। ‘‘नेपालमा मुटु रोगबाट वर्सेनी ३० हजार व्यक्तिको मृत्यु भएको छ,” उनले भने।

डा वैद्य भन्छन्, “हृदयघातबाट जोगिनका लागि सबैभन्दा पहिले धुम्रपान गर्न बन्द गर्नु पर्छ किन भने धुम्रपानले फोक्सोको क्यान्सरभन्दा मुटुमा बढि समस्या पार्ने प्रमाणित भइसकेको छ साथै व्यायाम गर्ने र जङ्ग फुड नखान बानी बसाल्नाले हृदयघात हुनबाट बच्न सकिने सम्भावना बढी हुन्छ।”

मुटु रोग जस्तै नसर्ने रोगबाट जोगिन स्वयं व्यक्ति नै सचेत हुनुपर्ने डा.भगवान कोइरालाको भनाइ छ।

डा.कोइरालाका अनुसार युवा अवस्थामा पनि हृदयघात देखिनुको कारणमध्ये उच्च रक्तचाप पनि एक हो। यो समस्या पुरुषमा २३ दशमलव ४ प्रतिशत र महिला १७ प्रतिशत रहेको २०१६ को स्वास्थ्य जनसांख्यिक सर्वेक्षणको तथ्यांकमा उल्लेख छ।


Comment

One thought on “बढ्दैछन् हृदयघातका बिरामी, यी हुन् मुख्य कारण

  1. Transfat is the most important thing to avoid to prevent Heart Attacks in young people. We have to know “what is Transfat?”. It is partially hydrogenated vegetable oil (PHO), which solidified in room temperature or repeated or long term boiled any vegetable oil. Trasfat is the main cause of Coronary Artery Disease and Heart Attack in young people. WHO announced to ban the PHO and Transfat from 2023.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved