उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग

नेपालभ्युज

उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग

काठमाडौं । उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् (यूएनएससी) प्रतिबन्ध उल्लङ्घनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रूसले राष्ट्र सङ्घमा आफ्नो भिटो शक्तिको प्रयोग गरेको छ ।

युक्रेनमा भएको द्वन्द्व र यूएनएससी प्रतिबन्ध उल्लङ्गनको अनुसन्धान विशेषज्ञ समिति निर्माणको प्रस्तावले मस्को र पश्चिमी देशबीच थप तनाव बढेको हो ।

पछिल्लो समय उत्तर कोरियाले यूएनएससी प्रतिबन्ध उल्लङ्गन गर्दै रूसको मुख्य युद्ध हतियार आपूर्तिकर्ताको रूपमा देखा परेको यूरोपेली मुलुकहरूको बुझाई छ ।

प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको बिस्तार गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी भूमिमा पुग्न सक्ने लामो दूरीको अन्तरमहाद्वीपीय क्षेप्यास्त्रसहित थुप्रै हतियार परीक्षण गर्न आफ्नो सेनालाई प्रोत्साहित गरेका छन् ।

रूसले उत्तर कोरियाको अवैध हतियार कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिबन्ध र संयुक्त राष्ट्रको अनुसन्धानलाई समर्थन गरेको सिएनएनले जनाएको छ ।

यद्यपि, युक्रेनमा हावी गम्भीर सङ्कटको बीचमा गतिशीलता परिवर्तन हुँदा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियारका लागि उत्तर कोरियामा निर्भरता बढाएको देखिन्छ ।

संयुक्त राष्ट्रसङ्घका लागि रूसी राजदूत भासिली नेबेन्जियाले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धले प्रासङ्गिकता गुमाई वास्तविकताबाट अलगिएकाले भिटो प्रयोग गरेको बताएका छन् ।

उनले सन् २००६ देखि नै प्रतिबन्धको प्रभावकारिताको आलोचना गर्दै लक्ष्य विमुख भएको कोरियाली प्रायद्वीपमा सकारात्मक परिवर्तनमा योगदान नगरेको तर्क गरेका छन् ।

नेबेन्जियाले रूसको राष्ट्रिय सुरक्षा चासोलाई प्रत्यक्ष असर पार्ने गरी अमेरिकी नेतृत्वमा रहेका देशहरूको गठबन्धनले प्योङयाङका गतिविधिलाई अवरोध पुर्याएको सम्बनधमा रूसी चिन्तासमेत उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धअन्तर्गत उत्तर कोरियालगायतका देशहरूमा हतियार हस्तान्तरणमा प्रतिबन्ध लगाउँदा पनि उत्तर कोरियाली नेता उन युक्रेनविरुद्धको रूसी कारबाहीलाई सहयोग गर्न हतियारको निरन्तर आपूर्तिकर्ताका रूपमा सक्रिय देखिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved