मेस्सीलाई कोभिड संक्रमण

नेपालभ्युज

मेस्सीलाई कोभिड संक्रमण

काठमाडौं। अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सी कोभिड–१९ कोरोना भाइरसबाट संक्रमित भएका छन्। आइतबार मेस्सीसँगै क्लबका अन्य तिन खेलाडीलाई कोभिड संक्रमण पुष्टी भएको फ्रेन्च क्लब पिएसजीले जनाएको छ।

सात पटकका बालोन डियोर विजेता मेस्सीसगै संक्रमण पुष्टी भएका खेलाडीहरु आइसोलेसनमा रहेको र उनीहरूले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरिरहेको क्लबले जनाएको छ।

“कोभिड संक्रमण पुष्टी भएका चार खेलाडीमा लियोनल मेस्सी, उआन बर्नेट, सर्जिओ रिको र नाथान बिटुमाजाला रहेका छन्। उनीहरु आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरेर आइसोलेसनमा बसेका छन्,” पीएसजीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रमुख चार खेलाडीलाई कोभिड भएपछि फ्रेन्च लिग वान लिडर पिएसजीलाई समस्या परेको छ। सोमबार फ्रेन्च कपअन्तर्गत पीएसजीले अवे म्याचमा भानेसको सामना गर्नेछ। पिएसजीका अर्का स्टार स्ट्राइकर नेमार पनि चोटका कारण करिब तिन हप्ता मैदान बाहिर छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved