घरमा सुतिरहेको अवस्थामा दुई युवकमाथि खुकुरी प्रहार, आरोपी फरार

नेपालभ्युज

घरमा सुतिरहेको अवस्थामा दुई युवकमाथि खुकुरी प्रहार, आरोपी फरार
सांकेतिक तस्वीर

काठमाडौं । लालबन्दी नगरपालिकामा गएराति सुतिरहेको अवस्थामा दुई युवकमाथि खुकुरी प्रहार भएको छ।

नगरपालिका-८ स्थित जानकीनगरका किरण बम्जन र संजय मगरमाथि खुकुरी प्रहार भएको हो। हिजो राति साढे १२ बजे सुतिरहेको अवस्थामा उनीहरूमाथि एक्कासि खुकुरी प्रहार भएको स्थानीयले जनाएका छन्। स्थानीयका अनुसार उनीहरूले घरको ढोका भने लगाएका थिएनन्।

दुवैको टाउकोमा गम्भीर चोट लागेको छ। बम्जनको हातको नसा काटिएको छ भने मगरको दुवै हात काटिएको अवस्था छ। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पुरानो दुश्मनीका कारण उनीहरूमाथि आक्रमण भएको हो। खुकुरी प्रहारमा संलग्न कोको थिए र कसले गर्‍यो भन्ने खुल्न नसके पनि घाइतेका आफन्त र स्थानीयको शंकाका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनामाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved